जसपा नेपालले अध्यादेशबारे पुनः आन्तरिक छलफल गरेर निर्णय लिने

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ २४ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशका विषयमा पुनः आन्तरिक छलफल गरेर निर्णय लिने भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको जसपा नेपाल संसदीय दलको बैठकले अध्यादेशको पक्षमा कि विपक्षमा रहने भन्ने विषयमा पुनः आन्तरिक छलफल गरेर निर्णय लिने निष्कर्ष निकालेको हो ।

बैठकपछि जसपा नेपालकी प्रमुख सचेतक रेखा यादवले बिहीबारको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने भएकाले पुनस् आन्तरिक छलफल गरेर निर्णय लिइने जानकारी दिइन् ।

बैठकमा जसपा नेपाल अध्यादेश अध्ययन कार्यदलले सुझावसहितको प्रतिवेदन बुझाएको थियो । प्रमुख सचेतक यादवले भूमिसम्बन्धी अध्यादेशमा केही आशंका रहेकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गरिन् । अध्यादेशका बारेमा जसपा नेपाल अनिर्णित भएपछि अन्तिम समयमा सरकार अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारीबाट पछि हटेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर