मिडियाबाजी डटकम काठमाडौँ , माघ २४ । प्रधानसेनापति अशोकराज सिग्देलले गत २६ पुसबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी नकुलबहादुर रायमाझीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । प्रधानसेनापति सिग्देलले बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा रायमाझीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
पदोन्नतिसँगै उपरथी रायमाझी सैनिक इन्टेलिजेन्स महानिर्देशनालय ९इन्टेलिजेन्स कोर० को महानिर्देशकमा नियुक्त भएका छन् ।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीहरू, अधिकृतहरू उपस्थित थिए ।