रवि लामिछानेको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु, आजै आदेश आउने सम्भावना !

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ २४ ।   साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगीमा मुद्दा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध थुनछेक बहस सुरु भएको छ ।

चितवन जिल्ला अदालतमा भइरहेको बहसमा वादीको तर्फबाट बारा, पर्सा र धादिङका जिल्ला न्यायाधिवक्ताहरू ९सरकारी वकिल०ले क्रमशः भाग लिनेछन्।
हिजो चितवनका जिल्ला न्यायाधिवक्ता र सहन्यायाधिवक्ता तथा जाहेरवालाका एकजना कानुन व्यवसायीले बहस गरेका थिए। बहस नसकिएका कारण हिजो अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो । वादी र जाहेरवालाका वकिलहरूले बहस गरेपछि मुद्दामा प्रतिवादी रवि लामिछानेका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर