अध्यादेशका विषयमा जसपा नेपाल आज निर्णय लिने

  ४ घण्टा अगाडि

माघ २४, काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारले हालै जारी गरेको अध्यादेशको पक्ष वा बिपक्षमा कता मतदान गर्ने भन्ने बारेमा आज निर्णय लिँदैछ ।

सरकारले हालै जारी गरेको अध्यादेश प्रतिनिधिसभावाट पारित हुन सक्ने भएतापनि राष्ट्रियसभामा भने जसपा नेपाल बिना नसकिने भए पछि उसले बार्गेनिङ बढाइरहेको बेला आज निर्णय लिन लागेको हो ।

अध्यादेशको पक्षमा उभिने कि नउभिने भन्ने बारेमा जसपा नेपालले पर्यटन तथा अन्तर्राष्ट्रिय सबन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेको छ । यादवले तीनदेखि भूमी सबन्धी बिज्ञ, अर्थ बिज्ञलगायतसँग छलफल गरेको भएपनि अहिलेसम्म नेपाली कांग्रेस नेकपा एमाले गठबन्धनलाइ निर्णय दिइसकेको अवस्था भने छैन ।

तर, जसपा नेपालले बिहीबार बिहान संसदीय दलको बैठक राखेर सो बारेमा निर्णय लिने भएको छ । उक्त बैठकबाट अध्यादेशमा पार्टीको धारणा तय गरिने कार्यदल संयोजक यादवले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर