नेप्सेको लगातार ओरालो यात्रा, कारोबार रकम पनि घट्यो

  फागुन २१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २१ ।  नेप्से परिसूचक आज पनि दोहोरो अकंले घटेको छ । नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ अंकमा अडिएको छ । यसदिन ३०८ स्क्रिप्सको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँमा खरिदबिक्री भयो ।

नेप्से परिसूचक घटे तापनि समाज लघुवित्त, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र उन्नति सहकार्य लघुवित्तको सेयर सर्किट लेभलमा कारोबार भयो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ९६ करोड ७० लाख बढीको सेयर कारोबार भयो। आज ट्रेडिङबाहेक सबै समूहका सूचक घटेका छन् । सबैभन्दा बढी फाइनान्स समूहको सूचक १।५७ प्रतिशतले घटेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर