आजका लागि विदेशी मुद्राको विनिमयदर कति छ ?

  फागुन २१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २१ ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार बुधबारका अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ११ पैसा निर्धारण भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा कायम भएको बैंकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर