रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो

  माघ २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २३ । चितवन जिल्ला अदालतले साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । आज थुनछेक बहस नसकिएपछि रविलाई न्यायिक हिरासत पठाइएको हो । न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो । आजै उनको बयान सकिए लगत्तै थुनछेक बहस सुरू भएको थियो । लामिछानेको करिब ४ घण्टा लामो बयान लिइएको थियो ।

लामिछानेविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बहस भइरहेको हो । आज सरकारी वकिलहरूले बहस गरेका थिए । थुनछेक बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ । सरकारी तर्फबाट जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने र सहायक न्यायाधीवक्ता बुद्धबहादुर थापाले बहस गर्नेछन् । यता मुद्दाका प्रतिवादी लामिछानेको तर्फबाट १० जना कानुन व्यवसायीहरूले बहस गर्ने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर