मिडियाबाजी डटकम काठमाडौँ,माघ २३ । राजकुमार राईको उपन्यास किबाहाङ माथि मकाउमा परिचर्चा भएको छ ।
टिप्पणीकार बज्र कुमार थुलुङले उपन्यासमा अनञ्चलिक्ता गोर्खा इतिहास किराँत संस्कृति लाहुरे संस्कृति खोजमूलक भएको बताए । किबाहाङ नेपाल हङकङ मलेसिया सिंगापुर बेलायत ब्रुनाई को २८ वर्ष लामो जीवनका भोगाइ संघर्ष रोचक जानकारीमूलक कथाहरू सुन्दर रूपमा लेखिएको पठनिय उपन्यास रहेको भने । लेखक राजकुमार राईले किबाहाङ ६ दशक अगाडि को नेपालीहरूको डायास्पोरिक जीवन गोर्खाहरूको युद्ध , ब्रिटिश र राणाहरूबाट गोर्खा लाहुरेहरूमा गरिएको अमानविय शोषण मानव अधिकार हनन् विश्व युद्धका पीडाहरू छोपिएको इतिहास उपन्यास उजागर गरेको कथा हरू यथार्थपरक रहेको जानकारी दिए । तत्कालीन नेपाल को जीवन विश्वमा नेपालीको पहिचान गोर्खा सैनिकहरूले स्थापित गरेको उपन्यास रहेको लेखकिय धारणा राख्दै किराँत राई यायेक्खा मकाउलाई धन्यवाद साथ अधिवेशन लाई शुभकामना दिए ।
किराँत राई यायोक्खा मकाउको अधिवेशनमा किराँत याक्थुङ चुम्लुङ मकाउका अध्यक्ष चण्डी योङ्या मगर संघ मकाउका भीम खाम्चा मगर तमु समाजका लिला बहादुर गुरूङ शेर्पा समाजका उबाङग ग्याल्जेन शेर्पा नेवा गुठीका अनिल श्रेष्ठ, तामाङ घेदुङका कल बहादुर तामाङ आदीबासी जनाजाती महासंघका भिम कुमार राई भिम श्रेष्ठ एनआर एनए आदिले अधिवेशनलाई शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम मा विभिन्न व्यक्ति संस्थाहरूलाई सम्मान पत्र अध्यक्ष डा. मंगल चाम्लिङ दिखुलीले अथितिहरूबाट वितरण गरिएको थियो । अधिवेशनको प्रमुख अथिति किराँत राई यायोक्खा हङकङका अध्यक्ष गजेन्द्र राईले हङकङ मकाउ यायोक्खा सहकार्य गर्दै जाने प्रस्ताव राखेका थिए । किराँत राई यायोक्खा मकाउका अध्यक्ष डा. मंगल चाम्लिङ दिखुलीले आफ्नो कार्यकलमा सहयोग गर्नेहरूमा धन्यवाद दिंदै किबाहाङ उपन्यास मकाउमा परिचर्चा गर्न पाएकोमा खुसी व्यक्त गरे ।
नयाँ कार्यसमितिमा डा. मंगल चाम्लिङ दिखुलीको सभापतित्वमा भएको अधिवेशनबाट सर्वसम्मतबाट अध्यक्ष केशव राई ,वरिष्ठ उपाध्यक्ष प्रजेत हाङखिम राई, उपाध्यक्ष गंगा कुमार राई र भुपाल सिंह राई ,महासचिवमा रक्षादल राईको सचिव शर्मिला राई कोषाध्यक्ष आयुस राई सहसचिव प्रेम कुमार राई सदस्यहरू विकास राई ,नारदमणी राई , अनिल खिम्बुले राई,प्रकाश राई, समिक्षा राई, उमेश चाम्लिङ राई , पार्वती राई, म्याक कुलुङ राई , लक्ष्मी कुमार राई निर्वाचित भएका छन् । कार्यक्रम तिर्थ याम्फु राईले सञ्चालन गरेका थिए।