महिला टी-२० शृंखलामा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

  माघ २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २३ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी(२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् ।

नेपाल यसअघिका चारवटै खेलमा पराजित भइसकेको छ भने उपाधि होडबाट बाहिरिसकेको छ । नेपाल अब बाँकी दुई खेलहरूमा प्रतिष्ठाको लडाइँमा हुनेछ ।

नेदरल्याण्ड्सका लागि भने यस खेल जित्नैपर्ने दबाब रहनेछ । चार खेलमा दुई जित निकालेको नेदरल्याण्ड्स उपाधि होडमा अझै जीवित छ । नेपाल भने ऐतिहासिक जितको खोजीमा हुनेछ । शृंखलामा थाइल्याण्डले हालसम्म चारवटै खेल जित्दै उपाधि दाबेदारको रूपमा रहेको छ । थाइल्याण्डले अब नेपाल र नेदरल्याण्ड्ससँग एक(एक खेल खेल्न बाँकी छ । नेपालले यसपछि अन्तिम खेलमा शुक्रबार थाइल्याण्डसँग खेल्ने छ ।

तपाईंको प्रतिक्रिया

थप खबर