गार्डियन माइक्रो लाइफको आइपीओ आजदेखि बिक्री खुल्ला, कति र कहिलेसम्म दिने आवेदन ?

  पुष २१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष २१ । सर्वसाधारणका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ आजदेखि निष्कासन गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । त्यसपछि सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति पाएको थियो । योमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता म्यूचुअल फण्डहरुलाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ । अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन छिटोमा पुस २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर