मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २२ । गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलनका बेला अराजक गतिविधिमा संलग्न कसैलाई पनि नछाडिने बताएका छन् ।
संघीय संसद्को राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आयोजक को हो र घटना कसरी भएको हो भन्ने थाहा पनि थाहा भएको भन्दै दोषीमथि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
“आयोजक को हो थाहा छ, उक्साहट कसरी भयो थाहा छ,” उनले भने, “यो नितान्त आपराधिक घटना हो । यसलाई राजनीतिक घटनामा हेरर न्यायिक आयोगको कोणमा पुग्यौँ भने गलत हुन्छ ।” तीन्कुने घटनाको निष्पक्षतापूर्वक अनुसन्धान बढेको रअपाधजन्य रूपमा नै लिएर अघि बढेको उनले बताए ।