‘कृषि क्षेत्रमा कोही एक्लैले केही गर्न सक्दैन, निजि क्षेत्रको साथ अपरिहार्य छ’ : कृषिमन्त्री अधिकारी

  चैत २१, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २२ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको कृषि क्षेत्रमा कोही एक्लैले केही गर्न नसक्ने भन्दै समग्र निजी क्षेत्रको साथ अपरीहार्य रहेको बताएका छन् ।

कर्पोरेट मिडियाले बिहीबार राजधानीमा आयोजना गरेको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ समारोहलाई सम्बोधन गर्दे उनले कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन निजी क्षेत्रको साथ खोजेका हुन् । ‘सरकार वा निजी क्षेत्र एक्लैले कृषि क्षेत्रमा लगानी गरेर अपेक्षित प्रतिफल पाउन सकिदैनँ । यसमा निजी क्षेत्रको सहयोग जरुरी रहेको मन्त्री अधिकारीले बताए , ‘निजी क्षेत्र, व्यक्तिगत लगनशीलता, सहकारी तथा बैंकवित्तहरू र सबै खाले सामाजिक संस्थाहरूको लगानी कृषिमा जरुरी छ ।’

सबै तह र तप्काहरू एकैठाउँ रहँदा मात्रै कृषिमा सफलता हासिल गर्न सकिने चर्चा गर्दे उनले त्यसैका लागि सरकारले लगानी दशक घोषणा गरेको स्पष्ट गरे। मन्त्री अधिकारीले भने, ‘सबै जना एक ठाउँमा बसौँ, कसैको भर नपरौँ । हाम्रो दायित्व हामी सबैको साझा हो भन्ने ढङ्गबाट सोच बनाएको खण्डमा सिङ्गो नेपाली आत्मनिर्भरतामा रम्न सक्छ । आयातको भरले मात्रै हामी टिक्न हुँदैन । निर्यात गर्न सक्ने क्षमता हामी सँग भन्ने कुरा विस्तारै देखिँदै आएको छ ।

यसतर्फ सबैको सक्रिय सहयोगका लागि आग्रह गर्छेु र कर्पोरेट मिडिया पनि यस सन्दर्भमा नजिकको सहयोगी संस्था बन्न सकोस् । यसमा हामी सबैले सघाउ पुर्‍याउन सकौँ ।’नेपाल र नेपालीको पहिलो पहिचान नै कृषिप्रधान देशको नागरिक भएको भन्दै उनले आफ्नो पहिचानलाई कायम राख्दै गरिमा बढाउन समेत सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर