लोडसेडिङ अन्त्य कुनै चमत्कार होइन, इमान्दार प्रयास हो : कुलमान घिसिङ

  चैत २१, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २२ ।  नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमान्दार प्रयास रहेको बताएका छन् । सरकारले कार्यकारी निर्देशकबाट हटाएपछि आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो नेतृत्वमा प्राधिकरणमा गौरवमय यात्रा तय भएको पनि बताए । प्राधिकरणको सम्पत्ति हाल ३ गुणाले वृद्धि भएको उनले जानकारी दिए ।
घिसिङले आफू विचलित नभएको प्रतिक्रिया दिएका छन् । उनले आम नागरिकको रुपमा आफूले गर्ने काममा कहिल्यै कमी नहुने उनले बताएका छन् ।
उनले आफूमाथि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको पनि आरोप लगाएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर