मिडियाबाजी डटकम काठमाडौँ, फागुन २० । शेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक मंगलबार ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा कायम भएको छ । कारोबार भएका सबै सेक्टरमा रातो पोतिँदा समग्र नेप्सेमा १.०५ प्रतिशत गिरावट आयो ।
गिरावटका बीच पनि ४१ कम्पनीको शेयर मूल्य बढ्यो । १९८ कम्पनीको मूल्य घट्दा ५ वटामा कुनै परिवर्तन भएन ।
सूचक घट्दा कारोबार रकममा पनि केही गिरावट आएको छ । अघिल्ला २ दिन १४ अर्बमाथिको कारोबार भएकोमा मंगलबार १२ अर्ब ९४ करोडको कारोबार भयो ।