हेर्दाहेर्दैमा राखिएको कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदै

  चैत २०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २१ ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । न्यायाधीश डा कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ ।

बहस नसकिएपछि मंगलबार र बुधबार रिट हेर्दाहर्दैमा राखिएको थियो । गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए । आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै घिसिङले सर्वोच्चमा रिट दायर गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर