मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २१ । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सभापतिमा नेपाल विद्यार्थी संघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।
खसेको २६७१ मतमध्ये कोइरालाले १२१५ ल्याए भने नेविसंघकै वागी सागर न्यौपानेले ६८३ मत ल्याए। मोर्चाका प्रमित बिष्टले ४३१ प्राप्त गरे ।
कोइरालाको विपक्षमा अन्य ७ दल निकट विद्यार्थी संगठनले मोर्चाबन्दी गरेका थिए । २०६५ सालयता त्रिचन्द्रमा स्ववियु चुनाव भएको थिएन । २०६५ सालमा पनि नेविसंघका तर्फबाट विनयराम भट्ट विजयी बनेका थिए ।