मिडियाबाजी डटकम काठमाडौँ, फागुन १९ । साइपाल गाउँपालिकामा हिमपहिरोमा पुरिएर २५ भेडा मरेका छन् । २२ वटा भेडा हिमपहिरोमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साइपाल गाउँपालिका–४ धुलीका जयपाल रोकायाका भेडा हिमपहिरोमा परेका हुन । गुदुपाल हिमालको फेदीमा रहेको गुदुपाल सामुदायिक वनबाट भेडा चराएर घर तर्फ फर्किने क्रममा हिमपहिरो आएको जयपालका आफन्त डबल रोकायाले बताए । १२५ भेडा ल्याएर जयपालसहित उनका दुई छोराहरू रामराँटी भन्ने ठाउँमा पुगे पछि बरमडाँडाबाट हिमपहिरो खसेको उनले बताए ।
‘मान्छेहरूले पहिरो आउन लागेको देखेर भागेर ज्यान बचाए छन्,ु उनले भने, ‘बाटोमा हिँडिरहेका भेडाहरू सखाप भए । शनिबार दिउँसो उक्त घटना भएको तर घटनास्थलमा टेलिफोन सम्पर्क नहुने भएकाले आइतबार साँझ मात्रै मान्छे मार्फत खबर आएको उनले जानकारी दिए ।