बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आज अन्त्य हुने

  चैत १९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २० ।  बागमती सरकारले हिँउदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको मन्त्री परिषद्को बैठकले २० चैतको राति १२ बजे सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकार र विपक्षी दलबीच सांसदका योजनामा बजेट थप गर्ने पूर्वसहमति कार्यान्वयनका विषयमा उत्पन्न विवाद बढ्दै जाँदा बागमती प्रदेश सभा बैठक प्रभावित भएको थियो । मंगलबार बोलाइएको सर्वदलीय बैठकमा गरिएको सहमतिको प्रयास असफल भएपछि बैठक बस्न सकेको थिएन । प्रदेश सभाको यो अधिवेशन गत माघ १५ गते शुरु भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर