माओवादी अभियान आज धनुषामा हुने

  फागुन १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १८ । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान अन्तरगतको कार्यक्रम आइतबार धनुषामा हुने भएको छ । त्यसका लागि पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरु शनिबार सिरहाको कार्यक्रम सकेर धनुषा पुगिसकेका छन् । अभियान अन्तरगत धनुषाका केही कार्यक्रमहरु तय भएको माओवादीले जनाएको छ ।

फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर