मिडियाबाजी डटकम काठमाडौँ , माघ २० । म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख सहकारी ठगी मुद्दामा पक्राउ परेका छन् । सहकारी ठगी मुद्दामा जिसस प्रमुख राजकुमार थापा पक्राउ परेका हुन् । उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिनाको आरोप रहेको स्रोतले जानकारी दिएको छ। गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।
सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घर जग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार थापाको संलग्नतामा १६ करोड रुपैयाँ हिनामिना भएको छ । गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराले हालै तयार पारेको यो सहकारीको वित्तीय विश्लेषण तथा छानबिन प्रतिवेदनमा उक्त सहकारीको निवर्तमान उपाध्यक्ष थापा पनि संलग्न रहेको खुलेको छ ।