मिडियाबाजी डटकम काठमाडौँ , माघ २० । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ ।
बैठक प्रचण्ड निवास खुमलटारमा बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, उमेरहदका कारण संगठनबाट बिदा भएका विद्यार्थी नेताहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने अभियानलगायत समसामयिक विषयमा छलफल हुनेछ ।