जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि बस्दै

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ २० । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ ।
लालितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि जारी बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक विषयमा आफ्नो धारणा राखेका छन् ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनात्मक कार्ययोजना, जनतासँग जसपा नेपाललगायत विषयमा छलफल भइरहेको छ ।
बैठकमा सदस्यहरूले आआफ्नो धारणा राख्ने छन् । पार्टीको आगामी योजनाबारे धारणा बनाउँदै बैठक आजै समापन गर्ने तयारी छ ।

तपाईंको प्रतिक्रिया

थप खबर