आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोवार ?

  पुष १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष १८ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारका दिन भने सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारका दिन भने चाँदी तोलामा १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर