प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छन् कार्यसूचीहरु

  चैत १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १९ ।  संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । मंगलबार संसद भवन नयाँबानेश्वरमा बिहान ११ बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन, २०८०र८१ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०८१ तथा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर