त्रिदेशीय महिला क्रिकेटमा नेपालको लगातार दोस्रो हार

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ १९ ।  त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो हार व्यहोर्नु परेको छ ।आज (शनिबार) को दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेटायो । थाइल्याण्डकी नान्नापट कोन्चारेनकाईले नटआउट ६० रन बनाइन् । नेपालकी मनिष उपाध्यायले २ विकेट लिइन् ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनायो । नेपालका विन्दु रावल र कविता कुँवरले समान २५ रन बनाए । थाइल्यान्डकी थिपचा पुत्थावोङ्गले ३ विकेट लिइन्

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डको भने यो लगातार दोस्रो जीत हो। थाइल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८ विकेटले हराएको थियो । प्रतियोगितामा भोलि नेपाल र नेदरल्याण्ड्सबीच खेल हुनेछ । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर