यस साता शेयर बजार ३.४२ अंकले बढ्यो !

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ १९ ।   यस साता नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात् ३.४२ अंकले बढेर २६५७.७७ विन्दुमा पुगेको छ । यस हप्ता सेयर तिन दिन खुलेका थियो । गत साता २६५४.३५ बिन्दुमा भएको बजार यो साता ०.१३ प्रतिशत अर्थात् ३.४२ अंक बढेर २६५७.७७ विन्दुमा पुगेको छ ।

साताको पहिलो दिन आइतबार नेप्से १०.४१ अंकले घट्यो , सोमबार १०.६१ अंकले घट्यो र मंगलबार २४.५० अकंले बढ्यो । यस साता पाँच कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको हो भने एक कारोबार दिन नेप्से घटेको थियो । गत साता अन्तिम दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा यो साता आइतबार ९ अर्ब १२ करोड, सोमबार ८ अर्ब ९२ करोड र मंगलबार ९ अर्ब ४० करोडको भयो ।

यस साता नेप्सेमा २८ लाख ७६ हजार ३०३.०३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । यस साता रु रु जलविद्युत परियोजना र नेशनल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर र माहुली लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत भएको हो । यस साता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २९.८५ प्रतिशत बढेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर