तीन इजरायली बन्दी आज छाड्दै हमास, विपीन पनि अब छिट्टै छुट्ने !

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ १९ ।  हमासले आज थप ३ जना इजरायली बन्दी रिहा गर्ने भएको छ । इजरायली बन्धकहरूको परिवारको प्रतिनिधित्व गर्ने समूहले शुक्रबार थप तीन बन्दीहरूको नाम पुष्टि गरेको हो ।

जसलाई हमासले शनिबार हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । तिनीहरूमध्ये दोहोरो कार्डधारी अमेरिकी–इजरायली नागरिक रहेका छन् । उत्तरी क्यारोलिनाका ६५ वर्षीय किथ सेइगल ४ दशकअघि इजरायल गएका थिए र हमासको अक्टोबर ७, २०२३ को हमलामा पक्राउ परेका थिए।

हमासले पहिले तीन नामहरू उपलब्ध गराएको थियो र इजरायली अधिकारीहरूले सूची प्राप्त भएको पुष्टि गरेका छन् । जसमा इजरायली नागरिक यार्डन र किथ सिगेलको नाम उल्लेख छ । आक्रमणको क्रममा सेइगेलकी पत्नी अविभा सेइगललाई पनि लगिएको थियो ।

कहिले छुट्लान् विपीन जोशी ?
इजरायलमा अध्ययनका क्रममा हमासले आक्रमण गरी बन्दी बनाएकामा नेपालका विपीन जोशी पनि रहेका छन् । उनको अहिलेसम्म हालखवर के छ भन्ने खुलेको छैन । उनको पनि हिराइको अपेक्षा तीव्र बनेको छ । यद्यपि अहिलेसम्म हमासले उनलाई रिहा गरेको छैन । अहिलेसम्म रिहा गर्ने लिष्टमा पनि उनको नाम परेको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर