मिडियाबाजी डटकम काठमाडौँ , पौष १७ । संसदीय समितिले तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस्तो निर्देशन दिएको हो ।
बैठकको अन्तिममा समिति सभापति सोनाम गेल्जेन शेर्पाले, समितिको निर्णय सुनाउँदै जति सक्दो चाँडै गुठी विधेयक ल्याउन निर्देशन दिए ।