मिडियाबाजी डटकम काठमाडौँ , पौष १७ । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादी नेकपा एसमा मिसिने भएका छन् । एकता प्रयासका लागि दुवै पक्षबीच आज भएको वार्ता सहमति नजिक पुगेको बताइएको छ ।
नेकपा एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानका नेताहरूबीच पार्टी एकताका सन्दर्भमा छलफल भएको छ । अभियानका तर्फबाट एकतामा समाहित हुने नेताहरूको जिम्मेवारीका सन्दर्भमा छलफल भएको हो । गौतमका अनुसार छलफल सहमतिनजिक पुगेको छ । आज भएका छलफल र जुटेका सहमतिका बारेमा आफूले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाइने र त्यसबाट अनुमोदन गरेपछि बाँकी काम सम्पन्न गर्ने उनले बताए ।
नेता गौतम नेकपा एसमा समाहित हुने विषयमा विगतदेखि नै विभिन्न प्रयासहरू हुँदै आएका थिए । केही दिन अघि पनि माधव नेपाल र वामदेव गौतमबीच पार्टी कार्यालय आलोकनगरमा वार्ता भएको थियो ।