मिडियाबाजी डटकम काठमाडौँ , पौष १६ । आज सुन चाँदीको दुवैको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।