सुनचाँदीको मूल्य बढ्यो, तोलाको १ लाख ४६ हजारमा कारोवार हुँदै

  श्रावण १६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ,साउन १६ ।  आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ४० रुपियाँले बढेर तोलाको १७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर