मिडियाबाजी डटकम काठमाडौँ , पौष १५ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदै छन् । यस अवसरमा आज बिहान बसन्तपुरदेखि टुँडिखेलसम्म र्याली निकालिएको छ ।
टुँडिखेलमा भेला भएर गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरी तमु ल्होसार मनाइरहेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।


