घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माण गर्न सरकारले अनुदान दिने

  असोज १४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज १४ ।  सरकारले विपदमा घरबास गुमाएका परिवारहरुका लागि अस्थायी आवास निर्माणका लागि अनुदान उपलव्ध गराउने निर्णय गरेको छ ।
गृहमन्त्रालयमा सोमबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्रै अस्थायी आवास निर्माण अनुदान मापदण्ड बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलव्ध गराउने निर्णय गरेको हो ।

बैठकले बिपद् प्रभावित क्षेत्र खोज, उद्धारका बाँकी कार्यहरुलाई निरन्तरता दिँदै मौसमजन्य विपद् प्रभावितहरुका लागि राहत वितरणको प्रकृया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर