मिडियाबाजी डटकम काठमाडौँ,साउन १५ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक १.३३ प्रतिशत अर्थात ३५.५५ अंकले बढेर २ हजार ६९६.६५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ४८५.३८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज नेप्से परिसूचकमा तीव्र उतारचढाव देखिएको थियो । नेप्से परिसूचक आज न्यूनतम २६०९ अधिकतममा २७०९ विन्दुसम्म पुगेको थियो ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज होटल समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ५.९९ प्रतिशतले बढ्यो भने वित्त ५.९८, विकास बैंक २.४०,हाईड्रो ३.१२,लगानी ३.१५,जीवन बीमा ०.५८, उत्पादन तथा प्रशोधन ०.३५,लघुवित्त ०.९८ र अन्य समूह ३.५२ प्रतिशतले बढेको छ ।
यो दिन हिमालय रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६० करोड १० लाख बढीको सेयर कारोबार भयो ।
यस्तै आज शिवम् सिमेन्टको ३७ करोड ६७ लाख,सोल्टी होटलको ३६ करोड ४३ लाख,नेपाल फाइनान्सको ३५ करोड ३८ लाख र चिलिमे हाईड्रोपावरको २७ करोड ७६ लाख बढीको सेयर कारोबार भयो ।