नेपालमा उत्पादित चियाका लागि अक्सन सुरु

  भदौ १३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र १३ ।  चिया विज्ञ एवम् उद्यमी डा. नरेन्द्र गुरुङले नेपालमा उत्पादित चियाका लागि अक्सन सुरु भएकोमा खुशी व्यक्त गरेका छन् । तर चियाको अक्सन एकदमै ढिला भएको उनले बताए । काठमाडौँको ठमेलमा हालै ‘टी स्टेसन इन्क’ले चिया प्रतिस्पर्धा एवम् अक्सनको सुरुवाता गरेपछि डा गुरुङले अक्सनका लागि नीति र विधि आवश्यक रहेको पनि बताए ।

‘यस्तो अक्सनले नेपाल र अन्तरराष्ट्रिय बजारमा ठूलो फड्को मार्छ । चिया उत्पादन गर्ने र व्यापार गर्ने भए पनि अक्सनका बारेमा अन्योलता थियो । यसको सुरुवात भएकोमा सबैलाई उत्साहित गराएको छ,’ उनले भने,‘नेपालमा दुई करोड ६० लाख किलो वार्षिक चिया उत्पादन हुन्छ । जापानमा मुलाको अक्सन हुन्छ तर नेपालमा चिया रोपण भएको डेढसय वर्ष नाघिसक्यो । किसानस्तरमा गएको ४० वर्ष नाघिसक्यो । अर्थोडक्सकै कुरा गर्ने हो भने ५०–६० लाख किलो उत्पादन भइरहँदा पनि अक्सन नै छैन, मोनोपोली रूपमा व्यापार भइरहेको छ ।’

उनले अक्सन गर्ने पनि विधि र प्रक्रिया हुने गरेको एवं यसका लागि नीति आवश्यक हुने बताए । उनले भने,‘अक्सन गर्ने एउटा निश्चित स्थान चाहिन्छ । तौरतरिका चाहिन्छ । बिडिङ गर्ने वा टेस्ट गर्ने र स्तर निर्धारण गर्ने प्रक्रिया हुन्छ । सोहीअनुसार मूल्य निर्धाण गर्ने भएकाले अक्सनका लागि अलग्गै नीति र केन्द्र आवश्यक छ ।

तपाईंको प्रतिक्रिया

थप खबर