सिमलताल पहिरो : प्राकृतिक प्रकोपका कारण दुर्घटना भएको छानबिन निष्कर्ष

  श्रावण १४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ,साउन १४ । चितवनको भरतपुरस्थित सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले ‘प्राकृतिक प्रकोपका कारण दुर्घटना’ भएको निष्कर्ष निकालेको छ ।

कार्यदलले अध्ययनपछि छानबिन प्रतिवेदन लेखिरहेको छ ।अहिलेसम्मको अध्ययनबाट दुर्घटनाको मुख्य कारण ‘प्राकृतिक प्रकोप’ देखिएको समितिका संयोजक सहसचिव छवि रिजालले रातोपाटीलाई बताए । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । अहिलेसम्म बसमा सवार २५ जनाको शव भेटिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर