धादिङका कमल पर्यटन बोर्ड सदस्य नियुक्त

  चैत १६, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, चैत १६। धादिङ । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा धादिङका कमल सापकोटा नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले धादिङका सापकोटालाई बोर्ड सदस्यमा नियुक्त गरेका हुन्।सापकोटा धादिङ नीलकण्ठ नगरपालिका ज्यामरुङ निवासी हुन् । सफल पर्यटन व्यवसायीका रुपमा परिचत सापाकोटा टुकी नेपाल मार्फत समाज सेवामा समेत क्रियाशिल छन् ।फ्रान्सको वर्ल्ड युनिभर्सिटीबाट मानार्थ विद्यावारिधीसमेत पाएका उनी साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९ , सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता अवार्ड २०११, एसियाभरीको अन्तर्राष्ट्रिय सस्टेनएवल टुरिजम् इन्सपाइरिङ स्टोरी कम्पिटीसन २०१३ अवार्ड, टुरिजम् म्यान अफ दि इयर अवार्डजस्ता दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड, सम्मान तथा पुरस्कारहरूद्वारा सम्मानित भई सकेका छन् ।

सापकोटा माउन्टेन डिलाइट्स ट्रेकिङ, काठमाडौँ गार्डेन होम, दिदिज टेड्रर्स नामक ह्याण्डिक्र्याफ्ट, माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभल, लगायतका कम्पनीहरूका सञ्चालक समेत हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर