परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाँदै, चिनियाँ उच्चस्तरीय टोली काठमाडौँमा

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १३ ।  परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन् । प्रधानमन्त्री ओली १७ मंसिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जाँदैछन् ।

मुख्यतयाः चीनको ठूला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस-एमालेबिच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभूमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन् । उनको चीन भ्रमण सोमवार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो। उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ ।

अहिलेसम्म बिआरआईअन्तर्गत ऋण लिन हुने र नहुने मत विभाजित रहेको छ । बिआरआईमा नेपालले सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको हो । सन् २०१७ मे १२ मा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्क समझदारी पत्रमा हस्ताक्षर भएको थियो। कांग्रेस सरकारमा रहँदा त्यसबखत सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर