सौर्य एयरलाइन्सको विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे

  श्रावण १३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ,साउन १३ ।  सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् ।

नेपाल प्रहरीकाअनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन् ।

एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै रहेको छ । सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव भने अस्पतालमै रहेको छ ।

गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर