मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १२ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने बयानका लागि हिजो काठमाडौं ल्याइने भनिए पनि हवाई मौसमको खराब देखाउँदै ल्याउन सकिएको थिए ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि मंगलबार काठमाडौं ल्याइने भनिए पनि स्थगित हुन पुगेको थियो । अब उनलाई आज या भोली मात्र काठमाडौं ल्याइने भएको छ । रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले पनि लामिछानेलाई बुधवार साँझ वा बिहिवार बिहानमात्रै काठमाडौं पठाउने जानकारी गराएका छन् ।
यस अघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । त्यसपछि कार्तिक २५ गते १३ दिनको म्याद थप भएको थियो ।