मिडियाबाजी डटकम काठमाडौँ कार्तिक ११। हिजो शनिबार बागमती प्रदेशको काठमाडौँमा विशाल अभिकर्ताहरुको भेला गरी बागमती प्रदेश कमिटी गठन गरिएको छ।
पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिती नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको देशै भरिका सातै प्रदेशमा अभिकर्ताहरूको विशाल भेला गरी प्रदेश कमिटी गठन गर्ने महाअभियान अन्तर्गत कोशी र मधेस प्रदेश पछि मिति २०८१/०७/१० शनिवार बागमती प्रदेशको काठमाडौँमा विशाल अभिकर्ताहरुको भेला गरी बागमती प्रदेश गठन गरिएको हो । प्रदेश कमिटी गठन भेलाको अध्यक्षता उत्तम लाल श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम संचालन सुमन श्रेष्ठको थियो।यस अभिकर्ता भेलामा प्रमुख अतिथि पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष दीपक अर्यालले संगठनको महत्वबारे प्रष्ट पार्दै संगठनले समग्र अभिकर्ताहरुको हकहितमा काम गरी बिमा व्यवसायमा सुधार आउने भन्दै अभिकर्ता साथिहरुलाइ मिठो शैलीमा बिमा व्यवसाय बिक्रीबारे मोटीभेट पनि गर्नु भएको थियो।
कार्यक्रममा नेशनल लाईफ बिमक समितिका सह सचिव यतिराज अधिकारीले समग्र संगठनको काम कर्तव्य र अधिकार विधान समेत प्रष्ट पार्नु भएको थियो भने कोषाध्यक्ष श्याम कुमार श्रेष्ठले संगठन बिस्तार गर्नु पर्ने कारण बारे प्रष्ट पार्दै सबैलाई संगठित हुन आग्रह गर्नु भएको थियो।अतिथि के.पि. अधिकारी र जय राम बिडारीको संयोजकत्वमा बागमती प्रदेश कमिटी गठन गरिएको छ । जसमा दीपक बराल अध्यक्ष,उपाध्यक्ष गोपाल अधिकारी ,बिनोद कोइराला ,कविता गौतम सचिव सुमी लोहनी ,सह सचिबमा पासाङ्ग लामा ,भरत दुलाल र श्रृृजना महर्जन, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ सहित २१ सदस्य समिती गठन गरिएको छ।
कार्यक्रमको अन्तमा विशेष अतिथिद्वय नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका बागमती प्रदेश प्रमुख जयराम धिताल र घनश्याम रिमाल दुबैजनाले नव गठित समितीलाई बधाई दिँदै प्रमुख धितालले यो नेशनल लाईफ बिमक समितीले पक्कै पनि बीमा व्यवसायमा अर्को एउटा पुलको काम गर्नेछ भन्नेमा विश्वस्त रहेको बताउनुभयो।