पहिरो खस्न सक्ने भएपछि नारायणगढ-मुग्लिन सडक १३ घन्टा बन्दको घोषणा

  असोज ११, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज ११ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नारायणगढ-मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। 

लगातारको वर्षापछि पहिरो खस्न सक्ने जोखिम रहेको उल्लेख गर्दै रातको समयमा सवारी आवतजावत बन्द गरिने भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश्वर रिमालका अनुसार आज र भोलि सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो। बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ। 

तपाईंको प्रतिक्रिया

थप खबर