सुनको भाउ ८ सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  असार १४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, असार १३ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ थियो । यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर