मिडियाबाजी डटकम काठमाडौं, माघ १३ । सञ्चारकर्मी अनिल नेपालीको सामाजिक कथामा आधारीत गीत ‘रुवाउने माया’ सार्वजनिक भएको छ । सर्वोत्तम च्यानल युट्युवमार्फत सार्वजनिक भएको गीतमा गरीब र निःसन्तान दम्पत्तिलाई एक–अर्काको मायाले कसरी रुवाउँछ भन्ने कथा प्रष्ट रुपमा देखाइएको छ । मार्मिक शब्दसंयोजन रहेको गीतमा सधैको लागि गाउँ छोड्ने र सधैको लागि देश छोड्नेबीचको आकस्मिक प्रेमले अनन्त रुन परेको कथा पनि सरल तरिकाले देखाइएको छ ।
पुस शुक्ल पूर्णिमा साँझ श्री स्वस्थानी व्रतकथा श्रवणको शुभारम्भसँगै गीत सार्वजनिक गरिएको हो । ‘स्वस्थानी’ कथामा गोमा र शिवको वियोगान्त विछोडजस्तै पवित्र प्रेमको खोजीमा भौतारिँदै हिँडेकी कथाकी मुल पात्र पवित्रा र डा.पल्लवको वियोगान्त विछोड भएकाले श्री स्वस्थानी व्रतकथा श्रवणको शुभारम्भसँगै गीत सार्वजनिक गरिएको अनिल नेपालीले बताए । उक्त गीतमा लय तथा शब्द अनिल नेपाली स्वयम्को छ भने स्वर अनिल नेपाली र अनुजा पुडाशैनीको रहेको छ ।
दिलिप परियार र मिना परियारको मुख्य अभिनय रहेको भिडियोलाई अनिल नेपालीले नै निर्देशन गरेका हुन् भने कलाकार लोकेश एन.पी.ले छायांकन गरेका हुन् । यस अघि पनि नेपालीले साइँली, पियारा तिमी आउँछौँ कहिले जस्ता गीतमा शब्द÷संगीत भरिसकेका छन् भने सम्झिने नि मैछु, धागो चङ्गामा, जय जय शिव जस्ता गीतमा शब्द लेखिसकेका छन् । एक दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशिल उनका दैनिक पत्रपत्रिकामा लेख, रचना प्रकाशनसँगै आधा दर्जन साहित्यीक कृति प्रकाशित छन् ।
भिडियो :