काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले गरे रास्वपाकी रोजिनालाई समर्थन

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर ११ ।   काठमाडौं महानगरपालिका–१६ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गरेका छन् । आज (मंगलबार) उम्मेदवारी निष्क्रिय पार्दै उनले श्रेष्ठलाई समर्थन गर्ने निर्णय गरेका हुन् ।

समर्थन पत्रमा उल्लेख छ, ‘पछिल्लो राजनीतिका विभिन्न पक्षहरुको विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार रोजिना श्रेष्ठ (चुनाव चिन्ह घण्टी) एक सशक्त उम्मेदवार भएको अनुभूति भयो । स्थानीयस्तरमा लामो समय सामाजिक कार्यमा संलग्न भई वडाको वृहत्तर विकासमा समेत योगदान पुर्‍याउनु भएकी कानूनमा स्नातक तथा व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन पूरा गर्नुभएकी एक सफल व्यवसायी एवं महिला नेतृले मलगायत परिवर्तनका पक्षधरहरुको भावना समेटेर काम गर्ने कुरामा म विश्वास्त छु । तसर्थ का.म.पा. वडा नं. १६ मा उहाँलाई समर्थन गर्ने मैले निर्णय लिएको छु ।’

रास्वपाको प्रतिबद्धता पत्र र मेरो उम्मेदवारीको प्रतिबद्धता समान उद्देश्य प्राप्तिका लागि भएको हुँदा यसको कार्यान्वयनका लागि सहकार्य गर्ने सहमति गरेको उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

थप खबर