अब दिवा खाजा कार्यक्रमलाई कक्षा ६ सम्म विस्तार गर्ने सरकारको तयारी

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर ११ । सरकारले सामुदायिक विद्यालयमा दिँदै आएको दिवा खाजा कार्यक्रमलाई कक्षा ६ सम्म विस्तार गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी नयाँ बजेटमार्फत २०८२ बाट कक्षा ६ सम्म दिवा खाजा विस्तार गर्ने जनाएको छ ।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले यसका लागि छलफल भइरहेको जानकारी दिए । सरकारले शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ सुधार गर्न दिवा खाजा कार्यक्रम ल्याएको हो । कम्तीमा ३० प्रतिशत पोषण परिपूरक हुने विविधतामूलक आहार उपलब्ध गराएर विद्यालयमा बालबालिकाको स्वास्थ्य र पोषण स्थिति सुधार गर्ने पनि यो कार्यक्रमको उद्देश्य छ ।

तपाईंको प्रतिक्रिया

थप खबर