मिडियाबाजी डटकम काठमाडौँ , असोज १० । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले अध्यक्ष पदमा आवेदन दिने आवेदकमध्ये संक्षित सूची सर्टलिस्टमा परेका तीन जनालाई छनौट गरेको छ ।
छनौटमा पर्नेहरूमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा नवराज अधिकारी रहेका छन् । अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ ।