मिडियाबाजी डटकम काठमाडौं, माघ १२ । यु-१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानको आठौँ विकेट लिएको छ ।
टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २०।३ ओभरमा आठौँ विकेट गुमाएको छ । नेपालका दीपेश कँडेलले अफगानिस्तानको आठौँ विकेट लिएका हुन् ।
कँडेलले अफगानिस्तानका अरब गुललाई पभिलियन फर्काएका हुन् । गुल खाता नै नखोली पभिलियन फर्किए । यसअघि १७।३ ओभरमा भण्डारीले अफगानिस्तानका गाजनफरलाई पभिलियन फर्काएका थिए । गाजनफर २१ बलमा ३७ रन बनाए ।