मिडियाबाजी डटकम काठमाडौँ , असोज ९ । झापामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । दमक गरपालिका– ४ का ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोतेले स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने काम गर्दै आएका थिए । नेपालीकै घरमा गएको बेला गए राति १० बजे उनलाई चट्याङ लागेको थियो । दमक अस्पतालमा उपचारको क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।