सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, तोलाको कतिमा हुँदैछ कारोवार ?

  असोज ०९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज ९ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।

मंगलबार प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार को तुलनामा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर